कञ्चनपुरमा उखुबारीभित्र महिलाको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् ।

राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताउनु भयो । उहाँले मृत्युको कारण नखुलेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?