चीनको विद्युतीय कार बिक्री ६० प्रतिशतले बढ्यो

Read Time = 2 mins

बेइजिङ । चीनको विद्युतीय सवारीसाधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स’को तथ्यांकले देखाएको छ ।

गत महिना चीनमा विद्युतीय सवारीसाधनको उत्पादन ५३ प्रतिशतले वृद्धि भएर सात लाख १३ हजार युनिट पुगेको थियो । मे महिनामा चीनमा एनइभीको बजार हिस्सा ३०.१ प्रतिशत पुगेको थियो ।

यो वर्षको पहिलो पाँच महिनामा, विद्युतीय सवारीसाधन बिक्री एक वर्ष पहिलेको तुलनामा ४६.८ प्रतिशतले वृद्धि भटई २९ लाख चार हजारवटा पुगेको छ । चीनको एनईभी उत्पादन ३० लाख युनिटभन्दा बढी छ । यो वर्ष एनईभी उत्पादन ४५.१ प्रतिशतले वृद्धि भएको छ ।

सोही अवधिमा एनइभीको निर्यात १६० प्रतिशतले वृद्धि भई चार लाख ५७ हजार युनिट पुगेको तथ्यांकले देखाएको छ । एनईभी खपतमा अग्रपंक्तिमा रहेर चीनले आफ्नो एनईभी बजारको विकासलाई कायम राख्न विशेषगरी यसको विशाल ग्रामीण क्षेत्रमा सहयोगी नीति ल्याएको छ ।

गत महिना चीनले ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसलाई एनइभी खरिद गर्न र प्रयोग गर्न सहयोग गर्न एक दिशानिर्देश जारी गरेको थियो, जसमा चार्जिङ पूर्वाधारको निर्माणलाई बढवा दिन ध्यान केन्द्रित गरिएको थियो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?