स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँ : मन्त्री बस्नेत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको बताउनु भयो । उहाँले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाईं चलिरहेको बताउनु भयो ।

उहाँले निजी अस्पतालहरुले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत बताउनु भयो । उहाँले निजी क्षेत्रहरुले पनि स्वास्थ्य मापदण्डहरु पूरा नगरेको भन्दै सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको बताउनु भयो । उहाँ ले स्वास्थ्य बीमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बीमा दुवै बुझेको व्यक्ति खोजेपनि पाउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेको छैन । यो बीमा सञ्चालन गर्ने ठाउँमा महत्वपूर्ण व्यक्तिहरु मैले स्वास्थ्य र बीमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, की स्वास्थ्य बुझेको पाइन्छ की बीमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन । स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधार गर्नुपर्नेछ । नीतिगत रुपमा नै हामी अघि बढ्नुपर्छ । यहाँ त स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाईं रहेछ । निजी मेडिकल कलेजका प्रतिनिधिले हामीले नपाउने भए अस्पताल बन्द गर्छौं भन्नुभयो, मैले मापदण्ड पुगेको छैन, त्यसका टेकेर हान्नुपर्दा सधैँका लागि बन्द हुन्छ भने । त्यसैले कतै पाउँदै नपाएको कतै पाउने भन्दा बढी सुविधा पाएको बेथितिहरु छन्, त्यसका लागि हामीले कार्ययोजना बनाएर अघि बढेका छौँ ।’

मन्त्री बस्नेतले स्वास्थ्य बीमाका लागि कार्ययोजना बनाइ अघि बढीरहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?