एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्योः सांसद खतिवडा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनु भएको छ ।

आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रर्दशन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताउनु भयो । सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरुले संसदमा फेरी पनि कुरा उठाउने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ । एक छिन जुरुक्क उठेर संसदतिर घेर्न पुग्छ । किन भन्दा जलहरीको सुन हरायो रे । ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ । महालेखाको प्रतिवेदन सबै सांसदको हातहातमा दिएको छ । त्यो बारेमा छलफल गर्नै छ । हामीलाई चिन्ता के हो भने दश किलो पशुपतिनाथ संसारकै देउताको मन्दिरमा राख्न लागेको सुन त बदमासी गर्नेलाई अरु देशलाई के गर्लान ? कसले ग¥यो ? म भन्दिन । कुन प्रधानमन्त्रीले सुनको कोट लगाउनु भयो, कुन मन्त्रीले लगाउनु भयो ? सुनैसुनको लुगा लगाएर को हिँडनु भयो, त्यतातिर भन्दिन । तर बदमासीको छानविन गर हामीले भनेको हो । त्यो भन्दा उहाँहरु फेरी संसद घेर्न जानु हुन्छ । भोलीपल्ट कसले कुटाई खायो, संसद घेर्न जानु हुन्छ । तर टिक्न सक्नु हुन्न । त्यसकारण संसदलाई अनिर्णयको बन्दीजस्तो बनाउन खोज्नु भयो । भैंसी–राँगाको कुरा गर्ने स्थल, जलहरीको कुरा नगर्ने स्थल बनाउन खोज्नु हुन्छ । यसमा हाम्रो विरोध छ ।’

सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुुनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?