गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाउने अर्थ समितिको निर्णय

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो ।

यसअघि बैठकमा सांसद नारायणी शर्माले घोराही सिमेन्टको आइपीओका विषयमा प्रश्न उठाउँदै धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा माग गरेकी दिइन् ।

यस्तै सांसद ज्ञानेन्द्र शाही, पूर्णबहादुर तामाङसमेतले बैंकको कार्यक्षमतामा प्रश्न उठाएरपछि गभर्नर अधिकारीलाई बोलाएर छलफल गर्ने समितिले निर्णय गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?