उत्तरपूर्वी भारतसँग पर्यटनमा साइनो गाँस्दै इलाम

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 9 mins

इलाम । पर्यटकीय जिल्ला इलाममा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास गरिएको छ । इलाम सँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित उत्तरपूर्वी भारतका बिभिन्न सहरमा भुगोलका आधारमा इलामको प्रचार गरिएको हो । इलामको पर्यटन प्रवद्र्धन गर्न भारतको सिलिगुडीमा “चलो इलाम” त्यस्तै सिक्कमको नाम्चीमा “घुम्न जाँउ इलाम” र सिक्किमको ग्याङ्टोकमा “भिजिट इलाम” नाम दिएर इलामका पर्यटन व्यावसायिहरुको आयोजनामा प्रवर्द्धनात्मक कार्यक्रम गरिएकोे होटल ब्यबसायी संघ इलाम अध्यक्ष एबम पर्यटन ब्यबसायी देबि पौडेलले जानकारी दिनुभयाे ।

पौडेलले भन्नुभयाे, “यस वर्ष जुन ८ देखि ११ सम्म भएको कार्यक्रमका क्रममा भारतको सिलगुडी, नाम्ची र ग्याङ्टोकमा त्यहाँका पर्यटनसम्बद्ध सङ्घ, संस्थाका प्रतिनिधिसँग इलामसहित समग्र नेपालको पर्यटनको विकास र साझेदारिता सम्बन्धमा छुट्टाछुट्टै छलफल एवम् अन्तक्रिया भएको छ, त्यहाँका पर्यटन ब्यबसायी सकारात्मक भएकाले पनि यो पटकको कार्यक्रमले इलामको पर्यटनमा टेवा पुग्नेछ ।

यता अर्का पर्यटनकर्मी प्रकाश चापागाईले उत्तरपूर्वी भारतका अधिकतम पर्यटकलाई नेपाल भित्र्याउन र उनीहरूको बसाइ लम्ब्याउन प्रवर्द्धनात्मक कार्यक्रम आवश्यक महसुस गरी यस्तो कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयाे । उहाँले उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि इलामको भ्रमणका लागि आउने गरेको बताउनुभयाे ।

पूर्वी हिमाली शृङ्खलासँग जोडिएका यी भूभागमा नेपाली भाषीको बाहुल्यता रहेको पाइन्छ । विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने भएकाले पर्यटकीय विकास र पर्यावरणीय संरक्षणका यी क्षेत्रको संयुक्त विकासको विषय पछिल्लो समय सबैको चासोको विषय बनेको छ ।

इलाम आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तर पूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोरोना कहर पछि विस्तारै पर्यटन क्षेत्रले गति लिन थालेको छ र यसले सिक्किम तथा भुटानमा पनि सकारात्मक प्रभाव पार्दैछ । भारतका सिलीगुडी, सिक्किमको नाम्ची, ग्याङ्टोक साथै दार्जिलिङ हुँदै मणिपुरलगायतका स्थानबाट धेरै भारतीय पर्यटक काँकडभिट्टा, पशुपतिनगरसहित पूर्वी क्षेत्रका नाका हुँदै इलाम आउने गरेका छन् । इलाम आइपुग्ने कुल पर्यटकमध्ये अधिकाम्स भारतीय पर्यटकलाई इलाममा आर्किषत गर्न र उनीहरूको बसाइ लम्ब्याउन इलामका पर्यटन ब्यबसायीले प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन् । यसका लागि पर्यटन व्यवसायीमा पनि पर्यटकमैत्री व्यवहार अपरिहार्य रहेको छ ।

नेपाल भारत सीमापार पर्यटन

नेपाल भारतको सीमापार पर्यटन प्रवद्र्धन गर्ने भारतको पश्चिम बंगालस्थित सीलिगुडिमा पाँचौ भारत नेपाल मैत्री सम्बन्ध कार्यक्रम भएको छ । कार्यक्रममा कोलकातास्थित महाबाणीज्यदुत इश्वरराज पौडेलले पर्यटन एक उत्पादन भएकोले विभिन्न किसिमका उत्पादन बेच्न सक्नुपर्ने औल्याएका थिए । भारतसँग सीमा जोडिएको पुर्वी नेपालको क्षेत्र पर्यटनका लागि अत्यन्तै राम्रो क्षेत्र भएकाले सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न उपयुक्त हुने सुझाए । यता इलाम नगरपालिकाका प्रमुख केदार थापाले इलामको आकर्षणलाई प्रचार गर्नका लागि भारत पश्चिम बंगालका सरोकारवालाहरुलाई राखेर योजना बनाउन आफूहरु तयार भएको बताउनुभयाे ।

भारतको पश्चिम बंगाल र सिक्किमका पर्यटकहरुलाई इलामको पर्यटन

भारतको पश्चिम बंगाल र सिक्किमका पर्यटकहरुलाई इलामको पर्यटन क्षेत्र र गन्तव्यहरुको जानकारी गराई भ्रमण गराउने उदेश्यले सिक्किमको राजधानी गान्टोेक र नाम्ची जिल्लामा पर्यटनसँग सरोकार राख्ने होटल व्यवसायि, पर्यटन व्यवसायि र विभिन्न सरकारी निकायका पदाधिकारीसँग अन्तरक्रिया भएको हो । गान्टोकमा आयोजित कार्यक्रममा सीक्कीम होटल रेस्टुरेन्ट एसोसिएसनका अध्यक्ष श्रद्धा शर्माले नेपाल भारत दुवै तर्फको सहकार्यका लागि विभिन्न नाकामा सहज आवागमन बनाउन पहल गर्नुपर्ने औल्याउनुभयाे । उहाँले दुवै तर्फको व्यवसायिहरुका बीचमा जानकारी आदान प्रदान भएमा पर्यटन उकास्न धेरै समय नलाग्ने प्रष्ट पार्नुभयाे । एसोसिएसनका उपाध्यक्ष एवम् सरकारी निकाय सीडका कोअर्डिनेट कौशल लामिछानेले साँस्कृतिक रुपमा र भाषिक रुपमा एक भएकाले इलाम र सिक्किमको सम्बन्ध झनै नजिक पार्न सकिने बताउनुभयाे । इलाम होटल एसोसिएसनका अध्यक्ष देवी पौडेल महासचिव प्रकाश चापागाई समेतले इलामको पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी गराउँदै पर्यटकहरुलाई विभिन्न माध्यमद्धारा भ्रमण गराउनु कार्यक्रमको उदेश्य रहेको प्रकाश पारेका छन् ।

नाम्चीमा पनि इलामकै जस्ता पर्यटन समस्या

नाम्चीमा आयोजना गरिएको कार्यक्रममा नाम्ची होटल रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष पी के राईले नाम्चीमा पनि इलामकै जस्ता पर्यटन समस्या रहेकाले दुवै तर्फ जानकारी आदान प्रदान गर्नु आवश्यक रहेको बताउनुभयाे । एसोसिएसनकी कानुनी सल्लाहकार एवम् होटल पदमसभाकी प्रोप्राइटर प्रियंका शर्माले नाम्ची र इलामको पर्यटकीय सम्बन्धलाई निरन्तरता दिदै एक अर्काले दुवै ठाउँमा रहेको पर्यटकीय क्षेत्रहरुको बजारीकरण तथा प्रचार प्रसार गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा एसोसिएसनका महासचिव सचिन क्षेत्री ट्राभल एण्ड टुर्सका तपन प्रधान लगायतले इलाम र नाम्चीका पर्यटन सम्भावनाहरुबारे धारणा राखेका थिए ।

चलो इलाम दोस्रो संस्करण

चलो इलाम दोस्रो संस्करण अनुसार इलामका होटल व्यवसायि , पर्यटन व्यवसायि, उद्यमी र पत्रकार सहितको टोली भारतको पश्चिम बंगालको सीलिगुडि हुदै सिक्किम राज्यको नाम्ची र राजधानी गान्टोकमा पुगेका हुन । त्यहाँका पर्यटन सरोकारवाला र पत्रकारहरुसँग अन्तरक्रिया गरी इलामका विभिन्न पर्यटकीय गन्तव्यको चिनारी गराउँदै र पर्यटक भ्रमणमा निमन्त्रणा दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?