पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका-८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा ग्यास सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते हुनुभएको हो ।

स्थानीय पत्रकार दयाराज न्यौपानेकाअनुसार बुधबार विहान घिमिरेले खाना पकाउने क्रममा अकस्मात सिलिण्डर पड्किएको थियो । घाइते घिमिरेको सामान्य चोट लागेको पत्रकार न्यौपानेले जानकारी दिनुभयाे । घरमा पनि क्षति पुगेको छ । समयमै थाहा पाएपछि स्थानीयले ठूलो क्षति हुनबाट जोगाएका छन् ।

घटना भएको जानकारी थाहा पाउन साथ जिल्लाको प्रहरी टोली घटानास्थलतर्फ पुगेको छ । घटनाको सम्पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?