आईसीसी यू-१९ विश्वकप : नेपाललाई तेश्रो झट्का, गुल्शन पनि चलेनन्

photo: CAN

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउनेक्रममा तीन विकेट गुमाएको छ ।

ओपनर अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट भए भने त्यसपघि आएका स्टार अलराउन्डर गुल्शन झा पनि १ रनमा आउट भए । अर्का ब्याट्स मेन विपिन रावल पनि एलबीडब्लूको धराप परेसँगै नेपाल दबाबमा आएको छ । १० ओभरको खेलसकिँदा नेपाल ३ विकेटको क्षतिमा ३६ रनमा खेल्दैछ ।

यसअघि दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजानफरले सर्वाधिक ३७ रनको योगदान दिए ।

उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मघतमा ३१ रन बनाए । फरिदुन दवुदजैले २९ तथा हसन इसाखिलले २० रन बनाए ।

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?