प्रियसी सिल्भर म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

Read Time = 3 mins

काठमाडौं । प्रियसी सिल्भर म्युजिक अवार्डको दोस्रो संस्कण एवं तेस्रो प्रियसी धमका सम्पन्न भएको छ । मलेशियास्थित नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आथित्यतामा विविध कार्यक्रमसहित अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

आयोजक राजेन्द्र पुरीको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिहरूमा मध्यपुर थिमी नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठ, एनआरएन मलेशियाका अध्यक्ष विनोद थापा, अन्तर्राष्ट्रिय हिन्दु महासंघका महासचिव उत्तमराज भण्डारीलगायत रहनुभएको थियो ।

विभिन्न संघसंस्थ्याका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा लाईभटाइम एचिभमेन्टबाट वरिष्ठ लोकगायक नवराज घोरासैनीलाई सम्मानित गरिएको थियो भने मनोरञ्जन पत्रकारिता पुरस्कार थानेश्वर अधिकारी र कला सम्मानबाट मोडेल अमन श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

मलेशियाका स्थानीय बासिन्दा गायिका लिम सिस्टरलगायत वरिष्ठ गायक घमेश दुलाल, नवराज घोरासैनी लक्षुमण श्री, पल्मु शेर्पा, निमा पाख्रीन लामा, आशा लामा, यसकुमार, पल शाहलगायतको सांगीतिक प्रस्तुति रहेको थियो ।

समारोहमा घमेश दुलाल, लोकदोहरी, यसकुमार आधुनिक गायक, पल शाह आधुनिक मोडेल पुरुष, आशा लामा लोक दोहोरी गायिका, सन्ध्या सानु लोक दोहोरी मोडेल महिला, पल्मु शेर्पा सेलो गायिका, निमा पाख्रीन लामा सेलो गायक, लक्ष्मीकुमार महर्जन मोडेल नेपाली भाषा, विश्वास बज्रचार्य म्युजिक भिडियो निर्देशक नेपाल भाषा, जीवन परियार लोक दोहोरी लय, लक्षुमण श्री लोक आधुनिक गायकलाई अवार्ड प्रदान गरिएको थियो ।

यस्तै समारोहमा राजेश बर्देवा लोक पप गायक, केशव भुसाल लोकदोहोरी नवमोडेल, गणेशराज भण्डारी आधुनिक नवमोडेल, भोजकुमार श्रेष्ठ टेली चलचित्र कलाकार, दाबा लामा प्रोडुसर, कुमार खड्का समाजसेवी, सुदीप भट्टराई आधुनिक गीतकार, दोरबहादुर कटुवाल म्युजिक भिडियो छायांकार, नवीन परियारलाई लोक दोहोरी नवगायकको अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन राजेश बर्देवाले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?