बेलायतले ७५५ बर्षपछि पहिलो महिला प्रधानन्यायाधीश पाउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधान न्यायाधीशको हातमा हुने भएको छ ।

बितेका ७५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधीशमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् ।

मिडिया रिपोर्टका अनुसार यस पटक लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।

दुई उम्मेदवारमध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नेछन्। आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधैं पुरुषकै हातमा रहेको छ ।

प्रधान न्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो। अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन्।

अहिले भिक्टोरिया शार्प यो पदका लागि अग्रपंक्तिमा छन् । उनका जुम्ल्याहा भाइ पूर्व गोल्डम्यान साक्स फाइनान्सर रिचर्ड शार्प हुन्। बोरिस जोनसनसँगको विवादपछि उनले गत महिना बीबीसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?