वैदेशिक रोजगारलाई सुरक्षित बनाउन ‘गन्धर्व गीति यात्रा’

Read Time = 2 mins

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जनचेतनामूलक ‘गन्धर्व गीति यात्रा’ सुरु गरेको छ । सकेसम्म स्वदेशमै रोजगार गरौं, सकिँदैन भने सीप र ज्ञान सिकेरमात्रै वैदेशिक रोजगारमा जाऊँ भन्ने जनचेतना फैलाउँदै आएको सामीले सोमबारदेखि सुरक्षित वैदेशिक रोजगारसम्बन्धी गन्धर्व गीति यात्रा थालनी गरिएको सामी कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार गीति यात्रा नगरपालिकाको १५ वटै वडामा पुग्नेछ ।

गीति यात्राको पहिलो दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको कार्यकक्षमा उपमेयर बिसन राई, शाखा प्रमुख कर्मचारीबीच गन्धर्वद्वय तेजिन्द्र र हिमालले चेतनामूलक गीत गाउनुभएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयको प्रांगणमा गीत गाउन लगाइएको आचार्यले बताउनुभयो । गन्धर्व गीत सुन्नमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँको पनि उपस्थिति थियो ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पछिल्लो समयसम्म खोटाङबाट आठ हजार ३४० जना श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?