नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने विद्यार्थी नेताहरू पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव ’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का १३ नेताहरू पक्राउ परेका छन् ।

प्रकरणका आरोपितहरूको प्रतिरक्ष बहस चलिरहेको जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि कारबाही गर्नुपर्ने भन्दै  प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?