सनराइजको स्वास्थ्य शिविर

Read Time = 1 min

काठमाडौं । सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । जनता मावि शुद्धोधन गाउँपालिका ७ मा सञ्चालित शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी दुई सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवा लिएका थिए ।

त्यसैगरी बैंकको दुहबी शाखाले विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा जेठ २५ गते छिटाहा माविमा पनि स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदानलगायतका सेवा प्रदान गरिएको थियो भने कार्यक्रममा एक सय ५१ जनाको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?