४० वर्षपछि अष्ट्रेलियाका तीन खेलाडी शीर्ष तीन वरियतामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइसिसीको टेस्ट वरियतामा एकै देशका तीन खेलाडी शिर्ष तीनमा पर्न सफल भएका छन् ।

क्रिकेट इतिहासको ४० वर्षपछि अष्ट्रेलियाका तीनजना खेलाडी शीर्ष तीनको बरियतामा पर्न सफल भएका हुन ।

आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २०९ रनले हराए लगत्तै अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीनको वरियतामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइसिसीको नयाँ वरियता अनुसार टेस्टको शीर्ष स्थानमा मार्नस लाबुसेन, दोस्रो स्थानमा स्टिभ स्मिथ र तेस्रो स्थानमा ट्रर्विस हेड छन् । हेडले तीन र स्मिथले एक स्थान सुधार गरेर शिर्ष तीनमा पुगेका हुन ।

सन् १९८४ पछि पहिलो पटक टेस्ट वरियतामा एकै ब्याटर शीर्ष तीनमा परेका हुन । १९८४ डिसेम्बरमा वेस्ट इन्डिजका ग्रोर्डन ग्रीनिज शीर्ष, क्लाइभ लियोर्ड दोस्रो र ल्यारी गोम्स तेस्रो स्थानमा थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?