मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

रासस
Read Time = 1 min

काठमाडौँ । सरकारले मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव डा. अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिनुभयो ।

डा. अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव हुनुहुन्थ्यो । बैठकले निवर्तमान मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?