काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ।
निधि निवास नयाँबानेश्वरमा बिहिबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो। बिपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुशी व्यक्त गर्नुभएको थियो ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिसंगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने बिषयमा पनि कुराकानी भएको थियो।
यसैगरी, नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिदैं नेता निधिले दुई देशबीच भएका सम्झौता शिघ्रातीशिघ्र कार्यान्वयन हुने बिश्वास व्यक्त गर्नुभएको थियो। राजदूत खनानले सो समझदारी छिट्टै पूरा गर्ने आश्वासन दिनुभएको थियो ।
नेपाल र इजरायलबीच सन् २०२० मा एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स निर्माणको लागि समझदारी भएर नेपालले त्यसको लागि ठाउँहरु उपलब्ध गराएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच