नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्ने जनाइएको छ ।

नयाँ राजनीतिक घटनाक्रमसँगै सत्तापक्षबाट विपक्षमा पुगेको कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउनका लागि बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले अकस्मात एमालेसहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको हो ।

यस्तै, कांग्रेसले लोकतान्त्रिक मोर्चा निर्माणको विषयमा पनि दलभित्र छलफल गर्ने भएको छ । यसका लागि कांग्रेसले हिजो मधेश केन्द्रित दलहरूसँग छलफल समेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?