बंगलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष

Read Time = 1 min

ढाका । बंगलादेशको तथ्यांक विभागले सन् २०२२ मा बंगलादेशको औसत आयु ७२.४ वर्ष पुगेको जानकारी गराएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा यो संख्या ७२.३ वर्ष रहेकोमा केही बढी भएको सरकारी निकायले मंगलबार आफ्नो बंगलादेश नमूना महत्वपूर्ण तथ्यांक २०२२ प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार सन् २०२१ मा ७०.६ वर्षको तुलनामा सन् २०२२ मा पुरुषको औसत आयु ७०.८ वर्ष पुगेको छ । महिलाको औसत आयु सन् २०२१ मा ७४.१ वर्ष रहेकोमा सन् २०२२ मा बढेर ७४.२ वर्ष पुगेको छ ।

सन् २०२२ मा देशको समग्र शिशु मृत्युदर भने बढेको छ । सन् २०२१ मा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा २८ रहेकोमा सन् २०२२ मा बढेर ३१ पुगेको छ । यसका साथै एक वर्षमुनिका बालबालिकाको मृत्युदर पनि बढेको छ ।

कोरोना भाइरस (कोभिड-१९) महामारीले विगत दशकमा यस क्षेत्रमा हासिल गरेका केही उपलब्धिलाई नास गरेको प्रतिवेदनमा उल्लेख छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?