यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ १९ पैसा र बिक्री दर १३१ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको छ।

डलरको खरिद दर १३ पैसा र बिक्रीदरमा १३ पैसाले डलरको भाउ आज बढेको छ । हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ६६ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४१ रूपैयाँ ६२ पैसा र बिक्री दर १४२ रूपैयाँ २७ पैसा रहेको थियो । युरो खरिद दर ६० पैसा र बिक्रीदरमा ४० पैसाले युरोको भाउ घटेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८८ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २ पैसा र बिक्री दर १६६ रूपैयाँ ७८ पैसामा कारोबार हुने बैंकले जनाएको छ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसामा कारोबार हुनेछ भने दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २३ पैसा र बिक्रीदर १० रूपैयाँ २८ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४९ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३५ रुपैयाँ १४ पैसा तोकिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?