भलिबल टोलीको कप्तानमा थापा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको कप्तानमा सेटर हरिहजुर थापा नियुक्त हुनुभएको छ । नेपाल भलिबल संघले उहाँलाई दशौं कप्तानको रुपमा नियुक्त गरेको हो । उहाँले इमबहादुर रानाको स्थान लिनुभएको हो ।

उहाँको कप्तानीमा नेपालले काभा पुरुष भलिबल नेसन्स लिग खेल्नेछ । उहाँले घरेलु भलिबल विभागीय त्रिभुवन आर्मी क्लबबाट खेल्नुहुन्छ । सन् २०१५ देखि उहाँले निरन्तर राष्ट्रिय टोलीबाट खेलिरहनुभएको छ ।

कप्तान नियुक्त भएपछि थापाले सक्दो राम्रो गर्ने प्रयास गर्ने बताउनुभयो । उहाँले प्रतियोगितामा सबै टोली बलियो रहेकाले हरेक खेल चुनौतीपूर्ण हुने बताउनुभयो । उहाँले अहिले कप्तानको भूमिका थपिएको आफूमाथि जिम्मेवारी बढेको र सम्हालेर लैजाने प्रयास गर्ने बताउनुभयो ।

नेपाली टोली शुक्रबार बिहान आयोजनास्थलतर्फ प्रस्थान गरेको छ । संघले दुई साताअघि १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको थियो । टोलीको ओपन स्पाइकरमा मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट र रविन चन्द हुनुहुन्छ ।

अपोजिट हिटरमा धनबहादुर भट्ट क्षेत्री र हेमन्तबहादुर मल्ल हुनुहुन्छ । मिडल ब्लकरमा दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी र सफल विक हुनुहुन्छ । यस्तै सेटरमा हरिहजुर थापा र लोकेन्द्रराज गिरी तथा लिवेरोमा भीमबहादुर गाहामगर हुनुहुन्छ । सेटर लोकेन्द्र र रविन चन्दले टोलीमा पुनरागमन गर्दा सफल विक, हेमन्तबहादुर मल्ल र लिवेरो भीमबहादुर गाहाले पहिलोपटक टोलीमा स्थान बनाउन सफल हुनुभयो ।

मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, प्रशिक्षकमा भरत यादव तथा टिम व्यवस्थापकमा श्याम श्रेष्ठ हुनुहुन्छ । काभा पुरुष भलिबल नेसन्स लिग विस्केकमा १८ देखि २५ जुनसम्म आयोजना हुँदैछ । मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, प्रशिक्षकमा भरत यादव तथा टिम व्यवस्थापकमा श्याम श्रेष्ठ हुनुहुन्छ । काभा पुरुष भलिबल नेसन्स लिग विस्केकमा १८ देखि २५ जुनसम्म आयोजना हुँदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले हरेक जोनमा अनुभवी र नयाँ खेलाडी रहेकाले टिम राम्रो बनेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?