कार्कीको अध्यक्षतामा इपानमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)मा गणेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्कीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएको हो । अध्यक्ष कार्कीलगायत पदाधिकारी तथा तीन महिला सदस्य निर्विरोध भएका छन् भने सात सदस्यका लागि भने निर्वाचन भएको छ ।

वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित हुनुभएको छ भने पाँच उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य र आनन्द चौधरी रहेका छन् । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल तथा पाँच सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम विष्ट र हिमप्रसाद पाठक, कोषाध्यक्षमा नरेन्द्रबल्लभ पन्त निर्वाचित भएका छन् । १० सदस्यमध्ये सात खुला र तीन महिला सदस्य रहने व्यवस्था छ ।

महिला सदस्य निर्विरोध निर्वाचित भएका थिए । सदस्यमा उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, मिथुनचक्रवर्तीप्रसाद पौडेल, भरतमणि नेपाल, विजयमोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । तीनजना महिला सदस्यमा इशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?