प्रधान सेवकका गुुण-४

Read Time = 15 mins

महाभारतको युुद्ध समाप्त भएपछि शान्तिपर्वका केही अध्यायहरूमा तत्कालीन सत्तासीन युधिष्ठिरले शासन चलाउन के कस्ता अवस्थाहरू पार गर्नुपर्दछ भन्ने प्रश्न राखेका थिए आफ्नै पितामह भीष्मसित । त्यही कुरालाई विगत तीन अङ्कमार्फत सार्वजनिक गरिएको थियो । यो अन्तिम वा चौथो अंकमा पनि शासकले अवलम्बन गुर्नपर्ने नीति र मर्यादाका सन्दर्भमा उल्लेख गरिएको छ । शासन चलाउन अपनाउनुुपर्ने अवधारणा र कानुुनसम्मत तरिकाले कसरी शासन चल्छ भन्ने सन्दर्भलाई महाभारतले गतिलो तरिकाले बाहिर ल्याएको छ ।

युधिष्ठिर शासन चलाउन अनभिज्ञ पक्कै पनि थिएनन् तर शासन चलाउन गरिने सबै कर्ममा निपुुणता प्राप्त गर्नु उनको लक्ष्य देखिएको थियो । आदर्श राज्यका आदर्श शासक बन्ने अभिलाषाले यी तर्कहरूलाई उनले पितामहका अघि राखेका थिए । भीष्म शासक कहिले पनि भएनन तर हस्तिनापुरका रक्षक रहेर उक्त राज्यको उन्नति र प्रगतिमा निरन्तर लागि रहे । उनलाई शासन चलाएको अनुुभव नभए पनि राज्यको प्रधान सेवकले गर्ने कर्मका बारेमा भने राम्रो ज्ञान रहेको थियो । त्यो ज्ञान उनले अनुुभवबाट प्राप्त गरेका थिए ।

करका सन्दर्भमा महाभारत स्पष्ट भन्छ सुुविधा जनताका सामुुमा पुु¥याऊ र कर असुुल गर । तर हामी त जनताका सामान्य सुुविधालाई पनि वास्ता गर्दैनौँ कर असुुलेका असुुल्यै छौँ । यही हो त व्यवस्थाको मूल पहिचान गणतन्त्रको उपहार पनि नेपालीलाई ।

शासनमा नबसे पनि शासन व्यवस्थाको सञ्चालनमा प्रधान सेवकलाई दिएका भीष्मका अभिव्यक्ति आजको सन्दर्भमा पनि उत्तिकै ताजा र सान्दर्भिक बनेर आएका छन् । त्यो ताजगीपन नै शास्त्रमा देखिएको नवीनता हो । आजको व्यवस्था नभएर तत्कालीन व्यवस्थामा उपयोगी भएका यी गुुणहरूलाई आजको शासकले अवलम्बन गर्ने हो भने देशका जनतामा कहिले पनि निराशा छाउने थिएन ।

अर्थ सङ्कलन :
हामी सनातन परम्परामा बाँच्ने र सोही अनुसार शासन व्यवस्था चलेको देशका बासिन्दा हौँ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका उचित नमुना रामायणमा रामको राज्य र महाभारतमा युधिष्ठिरको राज्यलाई लिने गरेका छौँ । यो सनातन परम्परामा चलेका उत्कृष्ट शासन व्यवस्थाका परिचायक राज्य थिए । त्यसैले शासक जहिले पनि शास्त्रसम्मत चल्नुुपर्दछ । शास्त्रसम्मत शासन चलाउँदा कुनै किसिमको अवरोध व्यवस्थामा आउन सक्दैन :
अपशास्त्रपरो राजा धर्मार्थान्नाधिगच्छति
अस्थाने चास्य तद् वित्तं सर्वमेव विनश्यति ।।
शास्त्रको नियमानुुसार नचल्ने शासक न त थर्मको सिद्धि गर्न सक्छ न त अर्थको नै । यदि उसलाई धन प्राप्त भयो भने पनि सबै धन नराम्रा काममा खर्च गर्दछ । त्यसैले राजनीति र शासन शास्त्रसम्मत चल्नुु अनिवार्य मानिएको छ । यदि शास्त्रको मर्यादा विपरित भयो भने शासन व्यवस्थामात्र होइन शासक पनि समाप्त हुुने कुुरालाई यहाँ भीष्मले उल्लेख गरेका छन् । आजको विश्व राजनीतिको शास्त्र भनेको संविधानको मर्म र भावना हो । संविधान सम्मत चलेका राज्यले विकास गरेको देखिएको छ । सनकका भरमा संविधानका धारा संशोधन गर्ने प्रवृत्ति आयो भने शासन र संविधानको मर्म खल्बलिने कुरा निश्चित प्रायः छ ।

संसारमा चलिरहेका व्यवस्थाको सुुदृढीकरणको पहिलो आधार जनताबाट लिइने कर हो । जनतालाई जीवन उपयोगका सबै कुराहरू शासकले दिन्छ भने जनताबाट कर असूूल गर्नु उपयोगी मानिन्छ । शिक्षा, स्वास्थ्यमा पूूर्ण सुुविधा जनतालाई उपलब्ध गराएका खण्डमा कर लिनुु कुनै पनि राज्यका लागि अनुुपयोगी मानिँदैन । तर शासनमा करमात्र लिने जनताका कुनै काम नगर्ने प्रवृत्ति मौलायो भने देश विकासका आधारहरू धेरै कमजोर हुने कुरालाई औँल्याएको देखिन्छ ।
अर्थमूलोद्रपि हिंसा च कुरुते स्वयमात्मनः
करैरशास्त्रदेष्टैर्हि मोहात् सम्पीडयन् प्रजाः ।।
धनको लोभ गर्ने शासक शास्त्रविरुद्ध जनतासित कर असुुल्न व्यस्त रहन्छ । ऊ जनताप्रति उत्तरदायी हुुँदैन र आफूूले आफ्नै विनाश गरिरहेको हुन्छ । त्यसैले करका सन्दर्भमा महाभारत स्पष्ट भन्छ सुुविधा जनताका सामुुमा पुु¥याऊ र कर असुुल गर । तर हामी त जनताका सामान्य सुुविधालाई पनि वास्ता गर्दैनौँ कर असुुलेका असुुल्यै छौँ । यही हो त व्यवस्थाको मूल पहिचान गणतन्त्रको उपहार पनि नेपालीलाई ।

अर्थ सङ्कलनबाट नै राज्य व्यवस्थामा गति आएको हुन्छ । आर्थिक विपन्नता राज्यका कमजोर अवस्था हुुन् । आर्थिक सम्पन्नताले नै देशको व्यवस्थामा चुुस्तता आउने हुनाले अर्थसङ्कलनलाई प्रमुुख मानिएको छ । जनतालाई सुुविधा नदिने तर कर असुुल्ने प्रवृत्तिका कारण राष्ट्र दिनप्रतिदिन कमजोर बन्दै गइरहेको देखिन्छ । सामान्य जनताका जीवनयापनका उपभोग्य वस्तुुमा समेत कर लिने प्रवृत्तिले हामीलाई मात्र होइन हाम्रो शासकीय पद्यतिको आधार गणतन्त्रलाई समेत गिज्जाइरहेको छ । यस्तो अवस्था आउनुुमा नेपाली कदापि दोषी होइनन् । दोषी त राज्य सञ्चालक हुन् भन्ने तथ्यलाई अनिवार्य स्वीकार गर्न सकिन्छ ।

शासक कस्तो हुने :
शासक आफैँमा पूूर्ण होइन । उसलाई सहयोग गर्ने हात र मनहरू गतिला भए भने व्यवस्थाका हरेक अङ्गले आफैँ काम गरिरहेका हुुन्छन् । शासक कस्तो हुनुुपर्दछ भन्ने सन्दर्भमा भीष्म युुधिष्ठिरलाई भन्छन् :
मालाकारोपमो राजन् भव माद्रद्रङ्गारिकोपमः
तथायुक्तश्चिरं राज्यं भोक्तं शक्ष्यसि पालयन् ।।
शासक बगैँचाको माली समान हुुनुुपर्दछ । कोइला बनाउने व्यक्ति सरहको होइन । कोइला बनाउने व्यक्तिले जङ्गलका बृक्षको नाश गरेको हुुन्छ । मालीले बिरुवा लगाउँछ, जल सेचन गरेर जोगाउँछ र फलफूल प्राप्त गरेर खुुशी बन्दछ । जसरी मालीले फलफूलको उद्यानलाई गतिलो तरिकाले स्याहारसम्हार गरेर राखेको हुन्छ त्यसरी नै शासक पनि त्यही तरिकाले अघि बढ्नुुपर्दछ । न्यायोचित कर लिनुुपर्दछ तर कोइला बनाउने व्यक्तिजस्तै राज्यका सबै अङ्गलाई समाप्त पार्ने प्रवृत्ति शासकमा हुुनुुहुुँदैन ।

सेवकको धर्म बिर्सेर मालिक हुने प्रवृत्तिले जसरी देशलाई बिथोलेको छ त्यसबाट बाहिर आउन सारै सकस छ सबैलाई । राजनीति पेशा, धर्म, व्यवसाय होइन, सेवा होे । सेवाको भावनामा जनतालाई सर्वोपरी मान्ने हो भने देशमात्र होइन सबै नेपाली बन्ने थिए ।

शासक कस्तो हुुुनुुपर्दछ भन्ने सन्दर्भमा भीष्मले भनेका यी हरफमा नै राज्यका सबै व्यवस्थापकीय प्राप्तिहरू देखिएका छन् । शासन व्यवस्थामा सर्वोपरि जनता हुन्छन् । राज्य एउटा बगैँचा हो भने प्रधान सेवक त्यसको माली हुुन सक्नुुपर्दछ । शासक आफैँमा मालिक हुने प्रयासमा रह्यो भने देश मात्र होइन व्यवस्थाका प्रत्येक निकाय चर्मराएका हुन्छन् । प्रधान सेवक माली बने राज्य फल र फूूलले सजिएको बगैँचा बन्ने कुरामा भीष्मको भनाइ सत्य हो । त्यसैले शासन व्यवस्थामा माली बन कोइला बनाउने व्यक्ति नबन भन्नुु नै यसको आशय हो ।

आजको विश्व प्रविधि सम्पन्न छ । आआफ्नै देशका शासकीय पद्यति पनि । ती पद्यति मातहत संसारमा शासन व्यवस्था चलिरहेका छन् । तर अशान्त विश्व, छटपटिँदो मान्छे, संसारलाई अँजुुलीमा नचाउन खोज्ने युुवापुस्ता कस्तो गज्जब है ¤ दिनानुुदिन लाचार बन्दै गरेको मानिस, सपनाका भव्य महलमा बाँच्न खोज्ने काम गर्न नचाहने र सङ्घर्षलाई आत्मसात नगर्ने पुुस्ता हाम्रा अघि देखिएको छ । आजको मानिस कलिलो उमेरदेखि राजनीति गर्ने मनसायले अघि बढेको छ ।

सोच र भावनाले देशको काँचुुली फेर्छु भन्ने धारणाले भरिएको छ । राणा, पञ्चायत, राजतन्त्र फालेर देशलाई गणतन्त्रमा लैजाने नेपाली अन्यमनस्क बनेर टुुलुुटुलुु हेरिरहेको छ । सरकारी जागिर खान मरिहत्ते गर्ने हामी नेपाली सरकारी विद्यालयमा अध्ययन गर्नुुपरेमा मुुख बिगाछौँ । सरकारी विद्यालय तथा महाविद्यालयमा पढाइ हुुँदैन भन्ने विश्वास पालेर बसेका हामी र हाम्रो समाजका आँखा कस्ले खोलिदिने हो हामीले नखोले ।

सरकारबाट सञ्चालित कुनै पनि अङ्गमाथि नेपालीको विश्वास घट्नुुका कारण के हुन् ? कसले खोज्ने ? सरकारी विद्यालय, सरकारी महाविद्यालय, सरकारी अस्पताल, देशका न्यायालय, सरकारी कार्यालयप्रति मानिसमा विश्वासिलो वातावरणको अभाव देखिएको छ । नेपाली युुवालाई नेपालको शिक्षामाथि विश्वास रहेन, नेपालमा गरिने स्वास्थ्यमा विश्वास रहेन । नेपालमा पाईने जागीर बिना भनसुुन हुुँदैन भन्ने विश्वास छ । त्यसैले रिनधन गरेर अध्ययनका लागि विदेश भागीरहेको छ । यहाँ भएको युुवापुुस्तालाई राजनीतिले गाँजेको छ । राजनीतिमा चर्का कुरा गर्ने र राष्ट्रवादको नारा घन्काउनेका पछि नेपाली ज्यान छाडेर लागेको छ । राजनीति देश, जनताका लागि हुनुुपर्दछ । जनप्रतिनिधि देश र जनताको सेवक हो ।

त्यो सेवकको धर्म बिर्सेर मालिक हुने प्रवृत्तिले जसरी देशलाई बिथोलेको छ त्यसबाट बाहिर आउन सारै सकस छ सबैलाई । राजनीति पेशा, धर्म, व्यवसाय होइन । राजनीति सेवा होे । सेवाको भावनामा जनतालाई सर्वोपरी मान्ने हो भने देशमात्र होइन सबै नेपाली बन्ने थिए । त्यसो हुन सकेन । सामाजिक सञ्जालबाट बाहिरिने विरोधका स्वरलाई मत्थर गर्न कानुुन ल्याउने होइन काम गरेर देखाउने हो । महाभारतकालीन व्यवस्था र भीष्मले राखेका कुरालाई हामीले पटक्कै गर्न सक्दैनौ भन्ने होइन । आजका विकसित मुलुुकमा शासन गर्ने व्यक्ति पनि मानिस हो । ती देश किन र कसरी व्यवस्थित बनेर चलेका छन् । त्यहाँ कानुुन छ । कानुुनी व्यवस्था छ । जनता राज्यप्रति उत्तरदायी छन् ।

हाम्रो देशमा यी तीन छैनन । जनतालाई असल शासनको प्रत्याभूति दिन सकियो भने राज्य आफैँ सञ्चालनमा आउँछ । भ्रष्टाचारले थलिएको छ देश त्यसलाई निर्मूल पार । जनताका दैनिक उपभोग्य वस्तु सुुलभ तरिकाले उपलब्ध गराऊ । शिक्षा, स्वाथ्यमा भएको व्यापारीकरणलाई समाप्त पार । देश आफैँ बन्नेछ । जनतालाई चुुनावका समयमामात्र सार्वभौमसत्ता सम्पन्न मान्ने जितेर आएपछि जिल्ला र क्षेत्र नफर्किने जनप्रतिनिधिबाट हामी नेपालीले के नै आशा गर्न सक्छौँ र ? भीष्मले माली बन भने माली बन्ने प्रयासमा लाग । यदि माली बन्न सकेनौँ भने जनताका असल सेवक बन । सेवक बने सेवा पाउनेछौँ जनताबाट र सम्मानित हुनेछौ तिमी पनि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?