तेस्रो खेलमा पनि पोल्याण्डसँग जर्मनी पराजित

हिमालय टाइम्स
Read Time = 1 min

बार्सा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ ।

घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको फिफा विश्वकप बिजेता जर्मनी १-० ले पराजित भएको हो ।

जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले पहिलो हाफको ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।

पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखेपनि जर्मनली घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन परेको अन्तराष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका थिए । त्यसमाथी, दोस्रो हाफको ५८औं मिनेटमा जर्मनीले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिदा उसको लागि आएको मौकासमेत गुमाउनु पर्ने अवस्था आयो ।

यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्न पुगेको छ । जसअनुसार बेल्जियमसँग ३-२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग भने ३-३ गोलको बराबरी खेलेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?