बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्न सक्छ : महामन्त्री थापा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगनकुमार थापाले बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताउनु भयो।

उहाँले नेपाली काँग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा काँग्रेस दुर्घटनामा जाने बताउनु भयो। उहाँले काँग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली काँग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गर्नुभयो। महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताउनु भयो। उहाँले देश अफ्ठ्यारोमा भएको बेला काँग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताउनु भयो। उहाँले यस्तो बेलामा काँग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ सिङ्गो नेपाली काँग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । नेपाली काँग्रेसले आफूलाई बदलेन भने काँग्रेस काँग्रेस जस्तो हुँदैन । देश नबदलि भएको छैन । देश बदल्न सकिन्छ भन्नेकुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु । देश बदलिँदैन की भन्ने डरबाट युवाहरु विदेश भागिरहेका छन् भन्ने लक्ष्मण दाईको चिन्ता आएको छ । यो बीचमा काँग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर,देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली काँग्रेसले आफूलाई बदल्छ । बदलेको काँग्रेसले मात्रै देश बदल्न सक्छ । काँग्रेस अहिले जसरी चलेको छ । त्यसरी नै चल्ने हो । ठिक भएर चलेको छ भनेर मान्दैनौँ भने काँग्रेस दुर्घटनामा जान्छौं । हामी जसरी चलिरहेका छौं । यो भन्दा भिन्न ढङ्गबाट चल्नुपर्छ । चल्न सक्छौं । काँग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौं । कहिले काँही जग बदल्नुपर्छ । कहिले काँही झ्यालबाट बदल्नुपर्छ । धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ । जे कुराको समस्या हुन्छ त्यो बदल्नुपर्छ । त्यो बदल्दै ठिक बनाएर जाने हो । काँग्रेस हाम्रो घर हो । हाम्रो जीवन लागेको छ । देशमा अफ्ठ्यारो परेको बेला नेपाली काँग्रेसले ठिक ढङ्गले देशलाई समालेन भने देशको अर्को १० देखि १५ वर्ष जान्छ । अफ्ठ्यारो परेको बेला काँग्रेस देश सम्हाल्नुपरेको छ ।’

महामन्त्री थापाले सिङ्गो नेपाली काँग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले काँग्रेसले आफूलाई बदलेन भने काँग्रेस काँग्रेस जस्तो नहुने बताउनु भयो। उहाँले काँग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो। उहाँले देश बदल्न सकिन्छ भन्ने आत्माविश्वास लिनुपर्ने बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?