चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ

Read Time = 2 mins

बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताउनुभएको छ । दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ ।

‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ’, चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनसँगको भेटमा भन्नुभयो । ब्लिन्केनले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा विदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । हालैका वर्षमा विश्वका दुई ठूला अर्थतन्त्रभएका मुलुकहरूबीच व्यापार, प्रविधिदेखि ताइवानसम्मका विषयमा तनाव बढेको छ ।

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार वाङले ब्लिन्केनलाई ताइवानसँग सम्झौता गर्ने कुनै ठाउँ नभएको बताउनुभएको छ । सिसीटीभीले भनेको छ, ‘यस विषयमा चीनसँग सम्झौता गर्ने वा स्वीकार गर्ने ठाउँ छैन ।’ भेटमा वाङले आफ्ना अमेरिकी समकक्षी ब्लिंकेनसँग एक चीन सिद्धान्त को वास्तविक पालना गर्नुपर्ने, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने र ‘ताइवानको स्वतन्त्रता’को स्पष्ट विरोध गर्नुपर्ने बताउनुभएको सिसीटीभीले जनाएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?