फाल्गुनन्दमा कांग्रेसले फर्कायो विरासत, अध्यक्षमा आङदेम्बे र उपाध्यक्षमा माओवादीका नेम्बाङ विजयी

Read Time = 2 mins

जितेन्द्र भण्डारी

पाँचथर । फाल्गुनन्द गाउँपालिकामा गुमाएको विरासत नेपाली काग्रेसले फर्काएको छ । २०७६ सालमा भएको उपनिर्वाचनमा एमालेले जितेको फाल्गुनन्दमा गुमाएको बिरासतमा कांग्रेस फर्किएको हो । फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेद्धारहरु अत्याधिकम मतका साथ विजयी भएका छन् ।

पालिक अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विर्जहाङ आङदेम्बे बिजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विरबहादुर कुरुम्बाङ लाई १ हजार ९६ मतले पराजित गर्नुभयो । आङदेम्बे ५हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्बाङले ४हजार ६ सय ४३ मत मात्र प्राप्त गर्नुभयो ।

तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ आङदेम्बे विरबहादुर कुरुम्बाङ संग पराजित हुनु भएको थियो ।

उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका ठाकुरसिङ नेम्बाङ बिजयी हुनुभएको छ । नेम्बाङले जनता समाजबादी पाटीकी बबिता नेम्बाङलाई हराउदै बिजयी हुनुभएको हो ।

ठाकुरले ५ हजार १ सय १ सय मत प्राप्त गर्दा बबिताले ४ हजार ४ सय ४३ मत मात्र प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ