फाल्गुनन्दमा कांग्रेसले फर्कायो विरासत, अध्यक्षमा आङदेम्बे र उपाध्यक्षमा माओवादीका नेम्बाङ विजयी

Read Time = 2 mins

जितेन्द्र भण्डारी

पाँचथर । फाल्गुनन्द गाउँपालिकामा गुमाएको विरासत नेपाली काग्रेसले फर्काएको छ । २०७६ सालमा भएको उपनिर्वाचनमा एमालेले जितेको फाल्गुनन्दमा गुमाएको बिरासतमा कांग्रेस फर्किएको हो । फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेद्धारहरु अत्याधिकम मतका साथ विजयी भएका छन् ।

पालिक अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विर्जहाङ आङदेम्बे बिजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विरबहादुर कुरुम्बाङ लाई १ हजार ९६ मतले पराजित गर्नुभयो । आङदेम्बे ५हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्बाङले ४हजार ६ सय ४३ मत मात्र प्राप्त गर्नुभयो ।

तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ आङदेम्बे विरबहादुर कुरुम्बाङ संग पराजित हुनु भएको थियो ।

उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका ठाकुरसिङ नेम्बाङ बिजयी हुनुभएको छ । नेम्बाङले जनता समाजबादी पाटीकी बबिता नेम्बाङलाई हराउदै बिजयी हुनुभएको हो ।

ठाकुरले ५ हजार १ सय १ सय मत प्राप्त गर्दा बबिताले ४ हजार ४ सय ४३ मत मात्र प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?