एकीकृत समाजवादीको कार्यालयमा पुगेर भोट माग्दै सुवास नेम्वाङ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत माग्नुभएकाे छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुग्नुभएका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएकाे हाे ।

एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गर्नुभएकाे हाे ।

नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता अध्यक्ष नेपाललाई भेट्न पुग्नुभएकाे थियाे ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिनु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?