गैरमा समृद्धि फाइनान्सको शाखा

Read Time = 1 min

काठमाडौं । राष्ट्रियस्तरको संस्था समृद्धि फाइनान्स कम्पनीको नवौँ शाखाका रूपमा सर्लाहीको गैरमा विस्तार गरेको छ । सोमबार कविलासी नगरपालिकाका मेयर ब्रहृमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्तरूपमा शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।

शाखा प्रबन्धक रामहरि निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा कम्पनीका सञ्चालक सुजन अधिकारी, नगरपालिकाका उपमेयर पुनम कर्ण र भूतपूर्व सहकारी अधिकृत तथा राजश्री बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रमुख रामलक्षण रायलगायतको उपस्थिति रहेको थियो । कम्पनीले यसै साता थप तीन नयाँ शाखा विस्तार गरिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?