सुदूरपश्चिम प्रदेश सरकारलाई आलिताल गाउँपालिकामा प्रवेश निषेध गर्ने चेतावनी

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ ।

गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले सुदूरपश्चिम प्रदेश सरकारले अषाढ १ गते प्रक्षेपण गरेको आ.व. २०८१/०८१ को बार्षिक बजेटमा आलिताल गाउँपालिकाको विकासका लागि प्रदेशबाट बजेट विनियोजन नगरेको भन्दै यस्तो आक्रोस पोख्नुभएकाे हाे ।

पालिका स्तरबाटै छनौट गरि पठाएको योजनालाई पनि प्रदेश सरकारले सुनुवाइ नगरेको भन्दै प्रदेश सरकारले आलितालबासीलाई अपमान गरेको निष्कर्श स्वरुप निषेध गर्ने सामाजिक सञ्जाल मार्फत चेताबनी दिनुभएकाे हाे ।

पालिका स्तरबाट छलफल गरि प्राथमिकताको आधारमा पठाइएका योजना नपर्नु ? यदि बजेट हाल्नु नै थिएन भने पालिका स्तरमा छलफल चलाउनुको के अर्थ थियो ? पालिकामा पुगेर आफैले किन आश्वासन दिनुभयो ? हामी पालिकावासीको घोर अपमान भएको महसुस भएको छ ?’ उहाँले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘यदि आलिताल गाउँपालिकाको घुम्ती आलिताल जोड्ने पुल निर्माणलगायत पालिकाको सिफारिसमा गएका योजनाको बजेटको बिनियोजन गरिएन भने आलिताल गाउँपालिकामा प्रदेश सरकारका फाल्तु बोल्ने मन्त्री ज्यूको निषेध गरिने जानकारी गराउँछु' सञ्जालमा सार्बजनिक गरिएको सन्देशमा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?