मुल्मीको पुस्तक बंगलादेशमा विमोचन

Read Time = 2 mins

काठमाडौं । नागरिक अभियन्ता शान्तलाल मुल्मीद्वारा लिखित रिटेन्टलेस जर्नी बंगलादेशको ढाकामा पनि विमोचन गरिएको छ । नेपाल र दिल्लीमा यसअघि नै विमोचित पुस्तक ढाकास्थित वर्क फर बेटर बंगलादेश ट्रस्टमा एक कार्यक्रमबीच विमोचन गरिएको हो ।

पुस्तकको विमोचन लेखक मुल्मी, वर्क फर बेटर बंगलादेशका निर्देशक शैफुदिन अहमद र हेल्थ ब्रिजका वरिष्ठ सल्लाहकार डेब्राले संयुक्तरूपमा गर्नुभएको थियो ।

नेपाली भाषामा लेखिएको मभित्रको म पुस्तकलाई परिमार्जनसहित रिटेन्टलेस जर्नीका रूपमा प्रकाशन गरिएको बताइएको छ । तुल्सी मेहर युनेस्को क्लबका अध्यक्ष तथा समाज कल्याण परिषद्का सल्लाहकार मुल्मीले कोरोनाको समय सदुपयोग गर्दै आत्मवृत्तान्तका रूपमा पुस्तक लेखेको बताउनुभयो ।

पुस्तकमा जीवन जिउने कला, सफलताका सन्देश, प्रेरणादायी पल, अप्ठ्यारो व्यवस्थापनलगायतका ज्ञान पुस्तकबाट प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?