सिजी नेक्सजेन अवधारणा

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित सुजुकी चारपांग्रे सवारीसाधनको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सले सिजी नेक्सजेन अवधारणा ल्याएको छ । सुजुकी ब्राण्डका विभिन्न मोडलमध्ये प्रिमियम सेगमेन्टका सवारीसाधन बिक्री व्यवस्थापन गर्न सिजी नेक्सजेनको अवधारणा ल्याएको कम्पनीले जनाएको छ ।

सोहीअन्तर्गत ग्राहकलाई विश्वस्तरीय सेवा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले काठमाडौंको नक्सालमा आधिकारिक डिलरका रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ । कम्पनीका अनुसार सवारीसाधन खरिदकर्ता ग्राहकलाई सवारीसाधन खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सिजी नेक्सजेनको उद्देश्य हो ।

सिजी नेक्सजेनमार्फत् सुजुकी ब्राण्डका प्रिमियम गाडी उपलब्ध हुनेछन् भने ग्राहकले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउनेछन् । सोही विश्वासका साथ नक्सालस्थित स्टेट अफ द आर्ट शोरुमबाट ग्राहकले सुजुकीको ग्राण्ड भिटारा, एसक्रस, अर्टिगा, एक्सएल ६, डिजायर, इगनिस बलेनोलगायतका प्रिमियम गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सको सुविधा पनि उपलब्ध हुनेछ । शोरुमको पिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद सिरोहियाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?