अमेरिकी डलरको भाउ स्थिर, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि शुक्रबार डलरको भाउ घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार पनि सोहिमूल्यमा यसको कारोबार भएको थियो ।

आइतबार युरोपियन युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्उ १४४रुपैयाँ ६४ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १४४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८ पैसा तोकिएबको थियो । शुक्रबारको तुलनामा आइतबार युरोको भाउ ४४ पैसाले घटेको हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य आइतबार ८७ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८८ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा ७२ पैसाले बढेको हो । शुक्रबार यसको खरिददर ८७ रूपैयाँ १५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५५ पैसा कायम गरिएको थियो ।

यता, आइतबार क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३१ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ४३ पैसा र बिक्रीमा २९ रूपैयाँ ५७ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ९६ पैसा तोकिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?