बझाङमा ग्यास बिस्फोट हुँदा एक जना घाइते

प्रतिकात्मक तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

बझाङ । बझाङमा ग्यास बिस्फोट हुँदा एक जना घाइते भएका छन् ।

मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास भएर मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्धाल घाइते भएका हुन् ।

सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ ।

घाइतेका शरीरका विभिन्न भाग जलेको छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?