नेपालमा घरेलु तथा साना उद्योगको महत्व, समस्या र सुझाब

Read Time = 29 mins

✍️ प्रा. गम्भीर बहादुर हाडा

घरेलु उद्योगले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसको साथै नेपालको ग्रामीण क्षेत्रमा खेर गइरहेको स्थानीय कच्चा सामानलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा आफ्नो परिवारका सदस्यहरूको श्रमबाट पारिवारिक आवश्यक पूर्तिका लागि गर्ने व्यवसायलाई घरेलु उद्योग भनिन्छ । घरेलु तथा साना उद्योगअन्तर्गत उनी तथा सुती कपडा उद्योग, घरेलु कागज उद्योग, घरेलु धातु उद्योग, काष्ठ उद्योग, बिडी उद्योग माटो उद्योग, दुग्ध उद्योग, बाँस-वेतसम्बन्धी उद्योग, धान कुट्ने तेल र उखु पेल्नेउद्योग र घरेलु छाला उद्योगसमेत आउने गर्दछन् । ग्रामीण औद्योगिकीकरण भित्र हामीले कृषिमा आधारित विशेष उद्योग जस्तैः पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, रेशम खेती, दुग्धशाला आदि उद्योगलाई सम्मिलित गर्नसकिन्छ ।

अक्सर गरेर कुटी र उद्योगहरू ग्रामीण क्षेत्रमा कृषिसँग सम्बन्ध भएका हुन्छन् । हाते तानमा कपडा बुन्नु, राडी पाखी, कार्पेट, गलैँचा, सुकुल, चटाई टोकरी बुन्नु, तोरी पेल्नु, काठमा बुट्टा कोर्नु, धातुका भाँडाकुँडा बनाउनु, माटाका भाँडा बनाउनु, गहना बनाउनु, क्युरियोका सामान बनानउनु इत्यािद नेपालका विभिन्न प्रकारका कुटि र घरेलु उद्योग हुन् । नेपालका औद्योगिक इकाईमध्ये लगभग ९५ प्रतिशत घरेलु उद्योग छन् र ९० प्रतिशत औद्योगिक रोजगार घरेलु उद्योगले प्रदान गरेको अनुमान गरिएको देखिन्छ ।

नेपालमा वार्षिक ३ लाखभन्दा बढी श्रम शक्ति श्रम बजारमा आउने गरेको छ । यस श्रम शक्तिलाई कृषि क्षेत्रले मात्र ग्रहण गर्न नसक्ने हुँदा स्थानीयस्तरमै ससाना व्यवसाय खोली रोजगारी प्रबद्र्धन गर्नु जरुरी छ । स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सकिएमा त्यस्ता व्यवसाय टिकाउ हुन सक्दछन् । बाहृय आयातित सीप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा हाम्रा परम्परागत कला, संस्कृति र सीप अनुरूपका व्यवसायमा आय तथा रोजगारीका सम्भावना बढिरहेको छ । तत्कालीन श्री ५ को सरकारले देशमा दक्ष जनशक्तिको उत्पादनबाट स्थानीय स्तरमा आयमूलक रोजगारीका अवसर सिर्जना गर्न विभिन्न किसिमका सीप तथा व्यवसायमूलक तालिम सञ्चालन गर्दै आएको थियो ।

घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयबाट मात्र वार्षिक करिब २० हजारभन्दा बढीलाई ८० भन्दा बढी विषयमा सीपमूलक तालिम दिँदै आएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका विकास प्रयास एकीकृत र नतिजामुखी नहुँदा यस क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन । तालिम दिने निकायले तालिमको लक्ष तोक्ने र जनशक्ति उत्पदन गर्ने, ऋण दिनेले ऋण लगानी र असुलीको लक्षय तोकी सो अनुरूप ऋण लगानी गर्ने, तर त्यो तालिम र ऋणको उद्देश्य के हो, सोको उद्देश्य अनुरूप नतिजा प्राप्त भएको छ छैन हेर्ने पद्धति नहुँदा हाम्रा उद्योग प्रवद्र्धनका कार्यक्रम अपेक्षित रूपमा सफल हुन सकेका छैनन् ।

श्रम शक्तिलाई कृषि क्षेत्रले मात्र ग्रहण गर्न नसक्ने हुँदा स्थानीयस्तरमै ससाना व्यवसाय खोली रोजगारी प्रबद्र्धन गर्नु जरुरी छ । स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सकिएमा त्यस्ता व्यवसाय टिकाउ हुन सक्दछन् । बाहृय आयातित सीप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा हाम्रा परम्परागत कला, संस्कृति र सीप अनुरूपका व्यवसायमा आय तथा रोजगारीका सम्भावना बढिरहेको छ

नयाँ औद्योगिक नीति, २०६७ मा उल्लेख गरिएनुसार परम्परागत तथा अन्य घरेलु उद्योग भन्नाले परम्परागत सीप र प्रविधि प्रयोग गर्ने, स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधिमा आधारित औजार उपकरण उपयोग गर्ने, देशको कला र संस्कृतिसँग सम्बद्ध र १० किलोवाटसम्म विद्युत् शक्ति प्रयोग गर्ने उद्योग व्यवसायलाई परम्परागत तथा अन्य घरेलु उद्योग भनिन्छ । परम्परागत तथा अन्य घरेलु उद्योग भन्नाले निम्न शीर्षक यसअन्तर्गत पर्दछन् । जस्तै : हृयाण्ड लुम, पेडल लुम, सेमी-अटोमेटिक लुम, कपडा वार्पिङ, परम्परागत प्रविधिबाट गरिने रङ्गाइ, छपाइ, सिलाइ (तयारी पोसाकबाहेक) र बुनाइ । ऊन र रेशममा आधारित हाते बुनाइका राडी पाखी, गलैंचा, पस्मिना, पोसाक । हाते कागज र सोमा आधारित वस्तु । परम्परागत कलामा आधारित वस्तु परम्परागत मूर्तिकला तामा, पित्तल, ढलौट, काँस र जर्मन सिल्भरजस्ता धातुबाट हस्तनिर्मित भाँडावर्तन तथा हस्तकलाका सामान । फलामबाट बनेका हस्तनिर्मित भाँडा वर्तन तथा घरायसी प्रयोगका चक्कु, चुलेसी, खुकुरी, हँसिया, कुटो, कोदालोजस्ता परम्परागत औजार । सुन, चाँदीबाट हस्तनिर्मित गरगहना, वस्तु, भाँडा वर्तनहरू (बहुमूल्य, अर्धबहुमूल्य तथा साधारण पत्थर जडान भएकासमेत) ।

स्वदेशमा उपलब्ध किमति, अर्धकिमति तथा साधारण पत्थर कटाई उद्योग । ग्रामीण ट्यानिङ÷छालाबाट हस्तनिर्मित वस्तुहरू । जुट, सवाइ घाास, चोया, बाबियो, सुती धागो, अल्लो आदि प्राकृतिक रेशामा आधारित उद्योग । पत्थरकला (ढुंगा कुँदी बनाइएका सामानहरू । पौभा, थांका चित्र र अन्य परम्परागत चित्रकला । मुकुण्डो तथा परम्परागत संस्कृति दर्शाउने पुतली र खेलौना । परम्परागत संस्कृति, बाजागाजा र कला दर्शाउने विभिन्न प्रकारका हस्तकलाका वस्तु । काठ, हाड, सिङ तथा माटो, चट्टान र खनिजका कलात्मक वस्तु । सेरामिक्स तथा माटाका भाँडाकुँडा ।

देशमा औद्योगिक विकासको कुरा उठ्दा ठूला तथा मझौला उद्योगहरूको स्थापना तथा प्रवद्र्धानमा ठूलो जोड दिने गरिन्छ । तर, हाम्रो जस्तो विकासोन्मुख राष्ट्रका लागि ठूलाठूला उद्योगको दाँजोमा साना तथा घरेलु उद्योग नै ज्यादै उपयोगी रहेको कुरा विगतका अनुभवले नै बताइसकेको छ । जनसंख्या वृद्धिले एकातिर बेरोजगारी समस्यालाई चर्काएको छ भन्ने अर्कोतिर सीमित खेतीयोग्य जमिनमा बढ्दै गएको श्रमशक्ति निर्भर हुनुपर्दा अर्धबेरोजगारी समस्या अदृश्य रूपमा फैलिँदै गएकाले साना तथा घरेलु उद्योगको महत्व बढी छ ।

कृषि व्यवसायको विकास तथा विस्तारले औद्योगिक विकासमा सघाउ पुर्‍याउँदछ । नेपालमा विगतदेखिका औद्योगिक क्रियाकलापलाई हेर्दा कृषिक्षेत्रबाट साधनहरू प्राप्त गरी प्रशस्तमात्रामा उद्योगव्यवसाय सञ्चालनमा रहेको पाइन्छ । त्यस्ता उद्योगव्यवसाय ग्रामीण क्षेत्रमा परम्परागत रूपमा चलेका पनि छन् तथा कतिपय आधुनिक संगठित उद्योगको रूपमा स्थापना पनि भएका छन् । ग्रामीण क्षेत्रमा बिस्कुट पाउरोटी बनाउने, सानातिना मिल सञ्चालन हुने, तेल पेल्ने, अमिलो पेलेर टिकाउ बनाउने, छुर्पी, घ्यू आदि बनाउने कार्य विगत लामो समयदेखि चल्दै आएका कार्यहरू हुन् ।

यिनीहरू परम्परागत सीप, प्रविधिको आधारमा नै सञ्चालनमा रहेका छन् । यसका साथसाथै नेपालमा करिब ६ दशकभन्दा अघिदेखि विभिन्न किसिमका उद्योग स्थापना गरिँदै आएका छन् । साना तथा ठूलास्तरमा स्थापित उद्योग विभिन्न क्षेत्रसँग सम्बन्धित छन् । त्यस्ता उद्योगमध्ये कृषिजन्य उद्योग पनि महत्वपूर्ण स्थानमा छन् । कच्चा पदार्थको रूपमा कृषिजन्य उत्पादनलाई लिएर उत्पादन प्रक्रियाहरू सञ्चालन गर्ने संगठित उद्योगमा जुट, चिनी, खाद्यवस्तुमा आधारित उद्योग, चुरोटउद्योग, कपास प्रशोधनसम्बन्धी उद्योग, फलफुलमा आधारित पेय पदार्थ तयार गर्ने उद्योगहरू यसमा पर्दछन् ।

औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ हो । रोजगारीका लागि कृषि क्षेत्रमा रहेको निर्भरतालाई कम गर्दै विद्यमान बेरोजगारी, अर्धबेरोजगारी कम गर्न औद्योगीकरणको भूमिका महत्वपूर्ण रहन्छ । औद्योगिक लगानीले औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, स्थानीय सीपको प्रयोग, स्रोतसाधनको उपयोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा योगदान गर्दछ । औद्योगिकक्षेत्रमा निजी स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्नको लागि औद्योगिक पूर्वाधारनिर्माण गर्दै लैजाने, मौजुदा औद्योगिक पूर्वाधारहरूको प्रभावकारी उपयोग गर्ने, निर्यातप्रवद्र्धनमा जोड दिन विशेष आर्थिक क्षेत्रको निर्माण तथा सञ्चालन गर्ने र लघु, घरेलुतथा साना उद्योगको प्रवद्र्धनको माध्यमबाट गरिबी न्यूनीकरण गर्ने उद्देश्यका साथ औद्योगिक नीति २०६७ कार्यान्वयनमा छ ।

सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप औद्योगिक समस्याहरूको समाधान गर्दै लैजाने उद्देश्यले नेपाल व्यवसाय मञ्च व्रिmयाशील हुनुका साथै उद्योग मन्त्रालयमामञ्चको सचिवालय सञ्चालनमा आएको छ । रुग्ण उद्योग सम्बन्धमा गठित उच्चस्तरीय कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनलाई मन्त्रिपरिषद्बाट नीतिगत स्वीकृतिसहित प्राविधिक समितिको परिमार्जित कार्यादेश स्वीकृत भएको छ ।

आर्थिक सर्वेक्षण, आर्थिक वर्ष २०७९/०८० मा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०७९/०८० मा औद्योगिक क्षेत्र (उत्पादनमूलक उद्योग) को उत्पादन २.० प्रतिशतले ऋणात्मक रहने अनुमान छ । चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनमा यस क्षत्रेको योगदान ५.३ प्रतिशत रहने अनुमान छ । पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक उत्पादनको वृद्धिदर वार्षिक औषत ३.३ प्रतिशत र कूल गार्हस्थ्य योगदान वार्षिक औसत ५.६ प्रतिशत छ । मुलुकको उद्योग, वार्णिज्य र आपुर्ति क्षेत्रलाई सबल र सुदृढ तुल्याउँदै औद्योगिक विकासका लागि एकल बिन्दु सेवाको सुरुवात भएको छ ।

वैदेशकि लगानीलाई सहज बनाउन लागानीको सीमा २ करोड रुपैयाँ हुनेगरी पुनरालेकन भएको छ । गैरआवसीय नेपालीका लागि लगानीको सीमा हटेको छ । नवीनतम् ज्ञान, सोच सीप र क्षमता भएको उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमार्फत सुरुवाती उद्यमममा उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जाकोष कार्यविधि, २०७९ स्वीकृत भएको छ । २०७९ फागुनसम्म कुल ८,९४७ उद्योग दर्ता भएका छन् । उक्त उद्योगमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५ं१ प्रतिशत, २३.१ प्रतिशत र ६१.८ प्रतिशत छ । २०७९ फागुनसम्मको कूल प्रस्तावित लगानी २७ खर्ब ८३ अर्बमध्ये ठूला, मझौला र साना उद्योगको हस्सिा क्रमशः ८४.४ प्रतिशत, १०.० प्रतिशत र ५.६ प्रतिशत छ ।
आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म उद्योग विभागमा १८३ उद्योग दर्ता भई १ खर्ब ५५ अर्बको लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट १२ हजार ७ सय ४८ रोजगारी सिर्जना हुने अनुमान छ । आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिमा २०१ उद्योग दर्ता भई २ खर्ब २८ अर्ब ३६ करोड लगानी स्वीकृत भएको थियो भने ती उद्योगको सञ्चालनबाट सिर्जना हुनखसक्ने रोजगारी अनुमानित १९ हजार ५५ रहेको थियो ।

२०७९ फागुनसम्म दर्ता भएका उद्योगको कूल स्वीकृत लगानी २७ खर्ब ८३ अर्ब रहेको छ । साथै, यस्ता उद्योगको सञ्चालनबाट सिर्जना हुनसक्ने रोजगारी अनुमानित ६ लाख ७० हजार २ सय ५५ छ । २०७९ असारसम्म दर्ता भएका ठूला, मझौला र साना उद्योगको स्वीकृत लगानी २६ खर्ब २७ अर्ब र यस्ता उद्योगको सञ्चालनबाट सिर्जना हुने रोजगारी अनुमानित ६ लाख ५७ हजार रहेको थियो । लगानी बोर्ड नेपालबाट २०७९ असारसम्म ३३ ठूला पूर्वाधार परियोजनामा १० खर्ब ४० अर्ब २६ करोड बराबरको लगानी स्वीकृत भएको छ ।

२०७९ फागुनसम्म दर्ता भएका उद्योगको संख्याको आधारमा उत्पादनमूलक, सेवामूलक र पर्यटन उद्योगको हिस्सा क्रमशः ३७.४ प्रतिशत, २६.२ प्रतिशत र २१.९ प्रचितशत रहेको छ भने सबैभन्दा कम पूर्वाधारसम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहेको छ । २०७९ फागुनसम्म ऊर्जामूलक उद्योगमा सबैभन्दा बढी ५८.४ प्रतिशत लगानी स्वीकृत भएको छ । उत्पादनमूलक उद्योगमा यस्तो स्वीकृति २१.६ प्रतिशत छ भने सूचना, प्रसारण तथा सञ्चार एवं खनिज क्षेत्र दुवैमा करिब ०.३ प्रतिशत मात्र छ । पछिल्लो दश अर्थिक वर्षमध्ये आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी र आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा कम लगानी स्वीकृत भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब ५५ अर्ब १४ करोड लगानी स्वीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म उद्योग विभागमा दर्ता भएका १५९ उद्योगवमा २० अर्ब ५६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिमा १४९ उद्योगमा ३१ अर्ब ८३ करोडको विदेशी लगानी स्वीकृत भएको थियो । २०७९ फागुनसम्म उद्योग विभागमा दर्ता भएका ५ हजार ६९२ उद्योगमा ४ खर्ब ३९ अर्ब ७८ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ ।

यस्ता उद्योगको सञ्चालनबाट ३ लाख १ हजार ५ सय ९८ रोजगारी सिर्जना हुने अुनमान छ । २०७९ फागुनसम्म १० औद्योगिक क्षेत्रभित्र कायम रहेको ६८५ उदोगमध्ये ६१८ उद्योग सञ्चालनमा रहेका छन् भने ४० निर्माणाधीन र २७ बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा रहेका उद्योगबाट २० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा उल्लेख गरिए अनुसार यस आर्थिक वर्षमा उत्पादन र रोजगार : समृद्धिको आधारको नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिइनुका साथै औद्योगिक प्रवद्र्धन, पूर्वाधार एवं मानव संशाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने नीति लिइएको छ । उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गरिने कार्यक्रम राखिएको छ ।

देशमा औद्योगिक विकासको कुरा उठ्दा ठूला तथा मझौला उद्योगहरूको स्थापना तथा प्रवद्र्र्धनमा ठूलो जोड दिने गरिन्छ । तर, हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि ठूलाठूला उद्योगहरूको दाँजोमा साना तथा घरेलु उद्योग नै ज्यादै उपयोगी रहेको कुरा विगतका अनुभवले नै बताइसकेको छ ।

सरकारबाट घोषणा भएका औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई तीव्रता दिइने नीति लिइएको छ । नौवस्ता र मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु गरिनुका साथै चितवनको शक्तिखोर र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन, रूख कटानलगायतका पूर्वतयारीका कार्य सम्पन्न गरी सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति लिइएको छ ।

सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्रहरूको पूर्वाधार सुधार र स्तरोन्नति गरिनुका साथै औद्योगिक क्षेत्रको पूर्वाधार विकास र सञ्चालनको लागि ३३ करोड विनियोजन गरिएको छ । सिमरा विशेष आर्थिक क्षेत्रको बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याइनुका साथै पाँचखाल विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने नीति लिइएको छ । विशेष आर्थिक क्षेत्रमा पूर्वाधार निर्माणका लागि ५४ करोड विनियोजन गरिएको छ ।

स्वदेशी उद्योगको संरक्षण एवं प्रवद्र्धनका लागि राजस्व नीतिमा समयानुकूल सुधार गरिने नीति लिइएको छ । अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय र लागत घटाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली सम्बद्ध सबै निकायमा विस्तार गरी यसको दिगोपना सुनिश्चित गरिने कार्यक्रम राखिएको छ । लगानीमैत्री कर नीति अवलम्बन गरी विदेशी तथा विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न एवं राजस्व परिचालनलाई प्रभावकारी बनाउन विद्यमान कर छुट सुविधाको प्रभावको आधारमा पुनरावलोकन गरिएको छ ।

राष्ट्रिय तथा स्थानीय व्यापार सहजीकरण संयन्त्रलार्य परिचालन गर्दै सीमा नाकामा आपूर्ति शृंखला व्यवस्थापनमा संलग्न निकायहरूबीच प्रभावकारी समन्वय, सहकार्य र सञ्चार प्रणाली स्थापना गरिने नीति लिइएको छ । उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह कम गर्नेगरी केही कच्चा पदार्थको महसुल दरमा हेरफेर गरिएको छ ।

वर्तमान पन्ध्रौ योजना २०७६-२०८१ मा उद्योग विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत आर्थिक समृद्धिका लागि दिगो, रोजगारमूलक र उच्च प्रतिफलयुक्त औद्यौगिक विकास सोच राखिएको छ । त्यस्तै औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउने लक्ष्य राखिएको छ । यसको साथसाथै औद्योगिक उत्पादन वृद्धिगरी कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउने, उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धिगरी निर्यात प्रबद्र्धन र आयात व्यवस्थापन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गरी उद्योग क्षेत्रमा स्वदेशी र वैदेशिक लगानी बढाउँदै थप अवसर सिर्जना गर्ने आदि जस्ता उद्देश्य राखिएको पाइन्छ ।

नेपालमा घरेलु तथा साना उद्योगहरूले भोग्नुपर्ने मुख्य कठिनाइमध्ये विदेशमा आधुनिक यन्त्र उपकरणद्वारा ठूलो आकारमा उत्पादित सस्तो र राम्रो औद्योगिक वस्तुहरूसँग सामना गर्नु परेको मुख्य तीव्र प्रतिद्वन्द्विता हो । पुँजीको अभावमा कुनै पनि उद्योग फस्टाउन पाउँदैन । घरेलु उद्योगमा लागो व्यक्तिहरूसँग आफ्नो व्यवसाय बढाउन आवश्यक पुँजी छैन । यसले गर्दा पनि धरेलु उद्योगको विकासमा बाधा पुर्‍याएको छ । घरेलु उद्योगको लागि चाहिने कच्चा वस्तुहरूको पनि ठूलो अभाव छ । एक ठाउँमा भएको कच्चा वस्तुलाई अर्को ठाउँमा लैजान कठिनाइ भएको छ । घरेलु तथा साना उद्योगमा लागेका अधिकांश कामदार अप्रशिक्षित तथा अदक्ष छन् ।

नेपालमा घरेलु तथा साना उद्योग स्वस्थ वातावरणमा विकसित भएका छैनन् । कुनै कुनै घरेलु उद्योग विलाएर गइसक्यो र कुनै कुनै त्यसै नराम्रो स्थितिमा परिरहेका छन् । सम्भावित उद्योग पनि राम्ररी विकसित हुन सकेका छैनन् । यी उद्योगको पुनरुत्थान तथा विकासका लागि आजसम्म भएका प्रयासले सन्तोषजनक उपलब्धि हासिल गर्न सकेको छैन । नेपाल जस्तो विकासशील देशले घरेलु तथा साना उद्योगको क्षेत्रमा बढी मात्रामा विकास गर्नु अति नै आवश्यक देखिएको छ तर यसमा धेरै समस्या तथा बाधा छन् । जसले गर्दा घरेलु तथा साना उद्योग फष्टाउने मौका पाएको छैनन् ।

ठूलो-ठूलो उद्योगबाट विभिन्न किसिमका आधुनिक तथा वैज्ञानिक ढंगले थरीथरीका डिजाइन भएको वस्तु उत्पादन हुन्छ । तर, घरेलु उद्योगमा मानिसबाट पुरानो डिजाइनको वस्तु उत्पादन हुन्छ र रंगीविरंगी हुँदैन साथै घरेलुका उत्पादित वस्तु महँगो पनि हुन्छ । यसैले गर्दा घरेलु उद्योग विकास गर्न सकेको छैन । घरेलु उद्योगको विकासमा एउटा महत्वपूर्ण बाधा प्रतिस्पर्धा हो । हातले बनेका सामानले मेसिनबाट बनेका सामानसँग कुनै हालतमा प्रतिस्पर्धा गर्न सक्दैन । हातले बनेका सामान महँगोमात्र होइन कि रूप र आकारमा राम्रो हुँदैन । मेसिनसँग घरेलु उद्योगले प्रतिस्पर्धा गर्न कठिन हुने कुरा स्वाभाविक नै हो ।

नेपालमा घरेलु उद्योगलाई विदेशी वस्तुबाट प्रतियोगिता गर्नुपर्छ । विदेशी वस्तु सस्तो तथा सुन्दर हुन्छ र यसको माग पनि बढी हुन्छ तर घरेलु उद्योगका वस्तु टिकाउ भए तापनि सुन्दर हुँदैन जसले गर्दा यसको माग बढी हुँदैन । यसको साथसाथै घरेलु तथा साना उद्योगले उचित मात्रामा संरक्षणको अभाव छन् । घरेलु उद्योगको लागि महत्व दिने किसिमको वातावरण तयार गर्न सकिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?