नेपाल इरानसँग पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले इरानसँग हार बेहोरेको छ । नेपालले बलियो इरानसँग तीन-शून्यको सोझो सेटमा खेल गुमायो । यो नेपालको तेस्रो हार हो । यसअघि नेपालले मंगोलिया र घरेलु टोली किर्गिस्तानसँग समान तीन-एकको सेटमा पराजय भोगेको थियो ।

किर्गिस्तानको बिस्केकस्थित चोलपोन एटिए कभर्डहलमा मंगलबार भएको पहिलो सेटमा नेपाल २६-२५, कडा प्रतिस्पर्धा भएको दोस्रो सेटमा २२-२५ ले पराजित भयो । तेस्रो सेटमा एक समय १९-१९ को बराबरी भए पनि अन्त्यमा नेपालले पुनः दोस्रो सेटकै अन्तर २२-२५ ले नतिजा सुम्पियो ।

जितसँगै इरानले लगातार दोस्रो जित दर्ता गर्दै ६ अंक बटुलेको छ । नेपालले भने कुनै अंक जोड्न सकेको छैन । अब नेपालले बिहीबार तुर्कमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।

यसै खेलमार्फत् मिडल ब्लकर सफल विकले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीमा डेब्यु गर्नुभएको छ । गण्डकी प्रदेशका सफल घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेल्ने गर्नुहुन्छ । उहाँ अघि यसै प्रतियोगिताबाट अपोजिट हिटर हेमन्तबहादुर मल्ल, लिवेरो भीमबहादुर गाहा र सेटर लोकेन्द्र गिरीले पनि नेपाली टोलीमा डेब्यु गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?