काठमाडौं । लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा वैशाख १० गतेदेखि जेठ २० गतेसम्म भएको घुमौँ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिताका विजेता पुरस्कृत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यसको सेरोफेरोमा रहेका संस्कृति, पर्यटन, भेषभूषालगायतका सबै कुरा समेटर लुम्बिनीको महत्व झल्काउने गरी छोटो समयमा अत्यधिक धेरै व्यक्तिमाझ पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । सो अवसरमा बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले अहिलेको जमाना टिकटकको भएकाले प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा आफू विश्वस्त भएको बताउनुभयो ।
लुम्बिनी विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले टिकटकको छोटो-छोटो भिडियोबाट धेरै जानकारी पाउने युगमा आफू धेरै बोल्न नचाहने भन्दै सम्पूर्ण विजेता र सहभागीलाई लुम्बिनीको महत्वको विषयमा दुई करोडभन्दा धेरै व्यक्तिमाझ एकैपटक पुर्याउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच