सनराइजद्वारा पशुपालनसम्बन्धी तालिम

Read Time = 2 mins

काठमाडौं । सनराइज बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालनसम्बन्धी र डडेलधुरामा आलुखेतीसम्बन्धी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यका साथ असार १ गतेदेखि झुम्का, सुनसरीमा ३१ जना सहभागीका साथमा दुईदिने तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीको उपस्थितिमा भएको कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्रबहादुर दाहाल र सविन खतिवडाले गर्नुभएको थियो । आयोजकका अनुसार विशेषगरी बाख्रा, बंगुर र कुखुरा पालनमा केन्द्रित सीपमूलक तालिम दिइएको थियो ।

त्यसैगरी कृषकसमक्ष कृषि, आम्दानी वृद्धि र बैंकिङ ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी डडेलधुरामा आयोजित दुईदिने आलुखेती उत्पादन तथा वित्तीय साक्षरता कार्यक्रममा ४० जनाको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?