यस्तो छ तपाईंको असार ६ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असार ६ गते बुधबार, ई.सं. २१ जुन, २०२३ । तिथि- आषाढ शुक्लपक्ष तृतीया, १३ः१५ बजेपछि चतुर्थी, नक्षत्र- तिष्य, योग- व्याघात, करण- गर, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः१०, सूर्यास्तः १९ः०१ ।

मेष : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?