पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो : राजदूत सोङ

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताउनु भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक भएको अन्तर्राष्ट्रिय जहाज अवतरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताउनु भएको हो ।

यसअघि सोही विमास्थलको उद्घाटनका बेलामा पनि उहाँले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत रहेको बताउनु भएको थियो । उनका अनुसार चीनकै  डिजाइन र सहयोगमा सो विमानस्थल बनेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?