यु–१९ विश्वकप : विकेटको खडेरीमा सुवास भण्डारीले दिलाए नेपालका लागि तीन विकेट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जवाफी ब्याटिङ गरिरहेको बंगलादेशका लागि नेपाली बलर हाबी हुन नसक्दा उसले ३ विकेटको क्षतिमा १५ ओभर खेल्दै ९४ रन बनाइ सकेको छ । बंगलादेशको तीन विकेट नेपाली बलर सुवास भण्डारीले लिएका हुन् । ४ ओभर बलिङ गरेका भण्डारीले २० रन खर्चिदैँ ३ विकेट लिएका छन् । उनले बंगलादेशको सुरुवाती तीन विकेट लिएका हुन् । नेपालका अन्य बलरले अहिलेसम्म विकेट लिन सकेका छैनन् ।

नेपालका लागि गुल्सन झा, दिपेश कंडेलले ४/४ ओभर, दुर्गेस गुप्ता ३ विकेट र आकाश चन्दले १ ओभर बलिङ गरिसकेका छन् ।

दक्षिण अफ्रिकामा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी अद्र्धशतक बनाउनबाट मात्र दुई रनले चुके । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।

नेपालले अहिले सुपर सिक्सको पहिलो खेल खेलिरहेको हो । नेपालले दोस्रो खेल शुक्रवार भारतसँग खेल्नेछ ।

समूह चरणमा खेलेका तीन खेलमध्ये नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । तर, अफगानिस्तानलाई हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?