काठमाडौं । काठमाडौं महागनगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) का शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिनुभएको छ ।
महानगरपालिका भित्रको वेथिति मौलाउँदै गएको र क्षेत्राधिकार बाहिर गएर महानगर चल्न थालेपछि पदबाट राजिनामा दिएको अर्यालले जनाउनु भएको छ।
यस अघि अर्यालले फेसबुकमा स्टाटस लेख्दै आफ्नो राजीनामाको घोषणा गर्नुभएको थियो । स्टाटसमा उहाँले स्पष्ट कारण नखुलाए पनि घुमाउरो संकेत भने गर्नुभएको छ । उहाँले लेख्नुभएको छ– ‘दुर्भाग्यपूर्णरुपमा, केही ताजा कदम, निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशिनमा लिइएका निर्णयहरु मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरु मेरो घरपरिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो ।’
रेशुले स्वार्थको द्वन्द्व भनेर भारतीय चलचित्रमाथि लगाइएको रोकलाई ईंगित गर्न खोजेको बुझिएको छ । आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णयको रेशु खिलाफमा रहेको दाबी गरिएको छ । रेशुका श्रीमान भास्कर ढुंगाना सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक रहेको र महानगरको उक्त निर्णयले श्रीमानको व्यवसायमा समस्या आउनसक्ने भएकाले रेशुले यस्तो निर्णय गरेको खुल्न आएको छ ।
महानगरको कार्यपालिका बैठकले अर्याललाई गत भदौमा शिक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । सामाजिक अभियन्तासमेत रहनुभएकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच