काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । सातदोबाटोस्थित तेक्वान्दो, कराँते र कुस्तीको बुधबार तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा सदस्य-सचिव घिसिङले सो कुरा बताउनुभएको हो ।
‘तपाईंहरू ढुक्क भएर तालिममा केन्द्रित हुनुस् । अन्य समस्याका बारेमा तपाईंहरूले चिन्ता लिनुपर्दैन । समस्या समाधान गर्न हामी छौँ,’ सदस्य-सचिव घिसिङले भन्नुभयो ।
प्रशिक्षण अवलोकनका क्रममा सदस्य-सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षणस्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका विषयमा जानकारी लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच