अख्तियारद्वारा तत्कालीन सराङकोट गाविसअध्यक्षसहित ६ जनाविरुद्ध साढे एक करोडको भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको तत्कालीन सराङकोट गाविसका अध्यक्षसहित ६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक जग्गा मिचेर नक्सा पास गरी घर निर्माण गरेको भन्ने उजुरीमाथि छानबिन हुँदा उनीहरू दोषी देखिएपछि मुद्दा दायर गरिएको हो ।

तत्कालीन सराङकोट गाविसका तत्कालीन गाविस अध्यक्षहरू मोदनाथ रेग्मी, झपटबहादुर थापा, तत्कालीन वडा सदस्य ऐमबहादुर थापा गाविस सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरुङ र तत्कालीन उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध एक करोड ५० लाख रूपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियारका अनुसार तत्कालीन ग्यारजाती गाविसका जनप्रतिनिधिहरूले बाटो बनाउन बजेट व्यवस्था गर्ने नाउँमा कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गरी गराई बढीबढाउ टेण्डर गरेका थिए । त्यसक्रममा बोलकबोल गर्नेबाट प्रस्ताव गरिएको रकम लिएर अस्थाई बसोबासको प्रमाणपत्र दिएका थिए ।

दिलबहादुर गुरुङलाई अस्थायी बसोबासको प्रमाणपत्र प्रदान गर्नुका साथै आवादी दर्ताका लागि सिफारिस समेत गरेको अख्तियारले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?