मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

मदनभण्डारी राजमार्गअन्र्तगत पर्ने भलुवाहीमा पैदल यात्राका क्रममा मोटरसाइकलले ठक्कर दिँदा दुधौली नगरपालिका–२ खारखोलाका मोदनाथ सापकोटाको मृत्यु भएको हो ।

कमलामाई नगरपालिका–९ भिमानबाट दुनपा–४ डकाहातर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२८प.८२७३ नम्बरको मोटरसाइकलले भलुवाहीमा उहाँलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालकाअनुसार उदयपुरको कटारी नगरपालिका–११ बस्ने कमल खड्काले चलाएको उक्त मोटरसाइलले ठक्कर दिँदा सापकोटा गम्भिर घाइते हुनुभएको हो । उपचारको लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा घाइते सापकोटाको बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?