समृद्धिको कसहा शाखा उद्घाटन

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले बिहीबार सिरहाको धनगढीमाई नगरपालिकास्थित कसहा बजारमा आफ्नो ११औँ शाखा विस्तार गरेको छ । एक कार्यक्रमबीच धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र कम्पनीका सञ्चालक दुर्गा थापाले संयुक्तरूपमा शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।

मेयर महतोले आफ्नो नगरपालिकाको विकसित बजारका रूपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नभएकाले नगरवासीले गोलबजार र धनगढी बजार जानुपर्ने अवस्था रहेकोमा शाखा विस्तारसँगै सहज भएको बताउनुभयो ।

सो अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी, धनगढीमाई नगरपालिका ६, ७ र ८ का वडाध्यक्ष भगलु महतो, विजयकुमार महतो र रामभरोस महतो, कसहा बजार समितिका अध्यक्ष धर्मनाथ महतो, समाजसेवी तथा बुद्धिजीवी गणपति यादव, रामप्रसाद महतो, गंगा यादवलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?