कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का सवार गाडी दुर्घटना

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । रूकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ ।

कर्णाली प्रदेश मामिला समितिका सभापति समेत रहनुभएकाे खड्कासहित ७ जना सवार गाडी दुर्घटनामा परेका हाे ।

शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका–३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो ।

कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ । घाइते सबै सामान्य नै छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?