मानव पुस्तकालयका रूपमा पन्त र पाण्डे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नवपुस्तकालय तथा ज्येष्ठनागरिक मिलन केन्द्रमा मानव पुस्तकालय कार्यक्रम सन्पन्न भयो । कार्यक्रमा मुक्रिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष हरिभक्त सिग्देल सभापति रहनु भएको थियो भने उक्त पुस्तकालयका संस्थापक विष्णुप्रसाद पन्त अतिथि रहनुभएको थियो । प्राज्ञ दिनेशराज पन्त तथा सचिव आत्माराम पाण्डे उक्त कार्यक्रममा मानव पुस्तकालय रहनुभएको थियो ।

रामचन्द्र घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मानव पुस्तक द्वयले आ-आफ्नो भनुभवहरू सुनाउनुभएको थियो । मानव पुस्तकहरूमध्येका एक आत्माराम पाण्डे योजना आयोगमा र रक्षा मन्त्रालयमा सचिव तहको जागिरे, योजनाकार, समाजसेवी, चिन्तक, विश्लेषक समेत रहनुभएको हुँदा उहाँले नेपालको वर्तमान अवस्था र सुधारको अपेक्षा कुन क्षेत्रमा कसरी गर्नुपर्छ भन्ने कुराको सविस्तार चर्चा गर्नुभयो ।

यसैगरी प्राज्ञ दिनेशराज पन्त जो संस्कृत वाङ्मयका विशिष्ट विद्वान्, अन्वेषक, अनुसन्धाता, अनुसन्धान प्रशिक्षक, प्राध्यापक हुनुहुन्छ, उहाँले प्राचीन शिक्षा र आधुनिक शिक्षाको लनात्मक अभिव्यक्ति दिनुभएको थियो । प्राचीन शिक्षाको महत्व र नेपालको अव्यवस्थित परिपाटीबारे चर्चा गर्दै प्रज्ञाप्रतिष्ठानको कार्यकालको अनुभव सुनाउनुभएको थियो ।

कार्यक्रममा टंकबहादुर बजगाईं खत्री, दुर्गा अधिकारी भमरकोटे, डा.परशुराम पौडेल, किस्मतराज उपाध्याय, डा.अर्जुनदेव भट्ट, विजयध्वज थापा, महेश रिजाल, तिलकप्रसाद लुइँटेल, रामप्रसाद पन्त, सुचिता काफ्ले, कृष्णप्रसाद बस्याल, सुन्दर खड्का, प्रा.डा.केशवकुमार श्रेष्ठ, सुशीला शर्मा धमला, प्रमिला सिंहलगायत व्यक्तिको उपस्थिति थियो । उहाँहरूमध्ये केहीले रचना वाचन गर्नुभएको थियो भने केहीले शुभकामना वक्तव्य दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?