संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गर्नुभएकाे छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गर्नुभएकाे हाे ।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहँदा सांसदले पत्रिका पढेको देखेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’प्रति ध्यानाकर्षण गराउँदै पत्रिका नपढ्न रुलिङ गर्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?