सिजी नेटको अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिजी नेटले आरआरआर (रिफर, रिडिम, रिपिट) नामक उत्कृष्ट अफर ल्याएको छ । अफरअन्तर्गत सिजी नेटको इन्टरनेट सेवा अरूलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् । साथै अफरअन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आरआरआर अफरअन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउनेछन् । साथै तीनजनासम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र छजनालाई रिफर गरेर इन्टरनेट जोडाउनेले स्मार्ट वाच पाउनेछन् । सिजी नेटका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्नुहुन्छ, ‘हामी हाम्रा मूल्यवान ग्राहकलाई आरआरआर अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौँ र हाम्रा हितैषी ग्राहकलाई उहाँहरूको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाबारेमा प्रचार गरेकामा पुरस्कृत गर्नुपर्छ भन्ने कुरामा विश्वास राख्छौँ ।’

अभियानमा सहभागी हुन थप प्रोत्साहनका रूपमा सिजी नेटले प्रस्तावको ४५ दिन अवधिको शीर्ष तीन उच्च रिफररलाई ट्र्याक गर्न लिडरसिप बोर्ड लागू गरेको छ । सो अवधिभरमा सफलतापूर्वक सबैभन्दा बढी रिफर गर्ने तीनजनामध्ये सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिने र दोस्रो-उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्ने कम्पनीले जनाएको छ । तेस्रो-उच्चतम रिफररले ३२ इन्चको स्मार्ट टिभी पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?