इजरायली सेनाले गर्यो प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ हमला गरेको छ । इजरायल डिभेन्स फोर्स (आईडीएफ) ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो।

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो। त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो।

गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल-अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किँदै गएको हो ।

इजरायली प्रहरीले मुस्लिम भक्तजनलाई कुटपिट गरेपछि हमासले गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरेको थियो । तर इजरायली सेनाले त्यसलाई असफल बनाएका थिए। गाजामा धेरै विमानहरू देखिएको र ठूलो विष्फोट सुनिएको बताइएको छ । तर क्षतिको विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?